फ्यानलाई सलमानको अपिल, ‘यो मुश्किल घडीमा सुशान्तका प्रशंसक-परिवारको साथ दिनुहोस्’



०७ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता सलमान खान यतिबेला निकै विवादमा तानिएका छन् । अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि केही बलिउडकर्मीहरुलाई उनको आत्महत्याको कारण बताइएको छ । जसमध्येका एक सलमान खान पनि हुन् ।

तर सलमानका फ्यान पनि सलमानको विरोध गर्नेलाई गाली गरिरहेका छन् । यसबारे सलमानले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरमा एक ट्वीट गर्दै आफ्ना प्रशंसकलाई सुशान्तको फ्यानलाई गाली नगर्न आग्रह गरेका छन् ।

उनले आफ्नो ट्वीटमा गरेका छन्, ‘म आफ्ना सबै प्रशंसकलाई के आग्रह गर्न चाहन्छु भने सुशान्तका प्रशंसकलाई साथ दिनुहोस् र गलत भाषाको प्रयोग नगर्नुहोस् । भावनालाई बुझ्ने कोसिस गर्नुहोस् । यो संकटको घडीमा सुशान्तको परिवारको सहारा बन्नुहोस् । आफ्नो मान्छे गुमाउनुको पीडा अत्यधिक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्