कोरोनामुक्त भइन् नायिका निरिषा बस्नेत



०७ असार २०७७, काठमाडौँ

चलचित्र जानी नजानी बाट नेपाली रजतपटमा भित्रिएकी चर्चित निर्देशक विश्व बस्नेतकी छोरी निरिषा बस्नेतलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि निरिषाको मुम्बईको एक अस्पतालमा उपचार भैरहेको छ ।

अहिले उनी कोरोना मुक्त भएकी छिन् । उनी कोरोनामुक्त भएको खबर उनका पिताले सामाजिक सञ्जाल मार्फत दिएका छन् । निरिषा लामो समयदेखि मुम्बईमा बसेर अभिनय सिकिरहेकी छिन् । उनले केही हिन्दि सिरियलमा समेत काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्