०७ असार २०७७, काठमाडौं
चीनको वुहानका एक २६ वर्षीय युवकको तौल अस्वभाविक तवरले बढेको देखेर चिकित्सकहरु नै आश्चर्यचकित बनेका छन् ।
वुहानमा कोरोना भाइरसको संक्रमण देखिएपछि लागू गरिएको लकडाउनको समयमा ती युवकको तौल अस्वभाविक तवरले बढेको जनाइएको छ ।
लकडाउनको अवधिमै ती युवकको तौल १ सय किलो बढेको समाचारमा जनाइएको छ । डेलीमेलका अनुसार ती युवकको नाम झोङ हो । उनी ५ महिनादेखि घरमै थिए । आश्चर्यजनक तरिकाले उनको तौल बढ्यो र उनी बिरामी परे । बिरामी सँगै अस्वभाविक तवरले उनको तौल बढेपछि उनलाई अस्पताल भर्ना गरिएणको छ ।
चिकित्सकले पाँच महिनामा ती युवकको तौल १ सय किलो बढेको बताएका छन् । अब उनको तौल २ सय ८० किलो पुगेको छ । उनी अहिले वुहान विश्वविद्यालयको झोङनान् अस्पतालमा भर्ना भएका छन् । चिकित्सले तौल बढ्नुको कारणबारे अनुसन्धान जारी राखेका छन् ।
सन् २०१९ को अन्तिमसम्म उनको शरीरको तौल जम्मा १ सय ७७ थियो । लकडाउनपछि उनको तौल अचानक बढेको हो ।चिकित्सकले तौल कम गर्नका लागि अन्तिम विकल्पकोरुपमा शल्यक्रिया गर्ने निर्णय गरेका छन् ।