बिआरआई एलाईन्सको अन्तर्राष्ट्रिय बोर्डमा नेपालका आशिष गजुरेल निर्वाचित



०७ असार २०७७, काठमाडौं

जुन १९ मा सम्पन्न बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट एलायन्स(ब्रिटा) को निर्वाचनमा नेपालका आशिष गजुरेल सह–महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन् ।

ब्रिटाले चीनद्वारा अघि सारिएको बेल्ट एण्ड रोड परियोजनाको नीतिगत कार्यमा सहयोग, प्राविधिक शीप तथा  ज्ञान हस्तान्तरण, जनस्तरबाट सहभागिता, सभा, समारोह, तालिम तथा अध्ययन–अनुसन्धान लगायतका क्षेत्रमा सहयोग पुर्‍याउने नवनिर्वाचित सह–महासचिव गजुरेलले परिवर्तन खबरलाई बताए ।

ब्रिटामा स्विजरल्याण्ड, ग्रीस, नाइजेरिया, चीन, भारत, बेल्जियम, अस्ट्रेलिया, रसिया, दक्षिण अफ्रिका र नेपाल लगायतका दर्जनौ देशबाट ५२ जनाको सहभागिता रहेको थियो । ब्रिटामा विश्वका ५ दर्जनभन्दा बढी देशका सडक, यातायात, पूर्वाधार, विज्ञान र वातावरण इञ्जिनियरिङ्ग तथा अटोमोवाइल क्षेत्रका सरकारी, पेशागत तथा गैर सरकारी संघ संगठन आवद्ध रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्