०८ असार २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ४ सय २६ बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७ सय ३ नाघेको छ ।
भारतमा एकैदिन १५ हजार १ सय ८३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख २६ हजार ९ हजार १० पुगेको छ । संक्रमितमध्ये २ लाख ३७ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।