आज भारतमा भन्दा अमेरिकामा थोरै मृत्यु, अपडेट



०८ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख २२ हजार २ सय ४६ बढी  पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा अमेरिकालाई उछिन्दै ४ सय २६ बढीले ज्यान गुमाएका थिए ।

एकैदिन २५ हजार २ सय २१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २३ लाख ५५ हजार ७ सय ९९  बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ४ सय ७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९ लाख ७९ हजार १ सय ९४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्