०९ असार २०७७, काठमाडौँ
हाल अमेरिकामा पति निक जोनससँग समय बिताइरहेकी बलिउड तथा हलिउडकी चर्चित नायिका प्रियंका कार्की र निक जोनसले फादर्स डे को उपलक्ष्यमा सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
सबैलाई थाहा नै छ प्रियंकाले आफ्नो पितालाई धेरै बर्ष अगाडी नै गुमाइसकेकी छिन् । निकले आफ्नो र प्रियंकाको पिताको तस्बिर सेयर गर्दै भावुक सन्देश लेखेका छन् ।
उनले लेखेका छन्, ‘यहाँ भएका सबै पितालाई ह्यापी फादर्स डे । मेरा पिता मेरा लागि सधैं हिरो हुन् र भविष्यमा पनि रहनेछन् । पापा जोनस लभ यू एण्ड मिस यू ।’
थप उनले लेखे, ‘डा। अशोक चोपडा, काश मैले तपाईंलाई भेट्ने मौका पाएको भए । तपाईंले उत्कृष्ट छोरी हुर्काउनु भएको छु र म धन्य छु कि हामीले एक–अर्कालाई पायौं । र तपाईंहरु सबैका लागि जो आफ्ना पितासँग हुनुहुन्नँ, म तपाईंहरुबारे सोचिरहेको छु र तपाईंलाई प्रेम पठाइरहेको छु ।’