सुनिलले सलमान सरलाई माया र इज्जत गर्छु भनेपछि ट्रोलर्सले लेखे, ‘यो इज्जत होइन चाप्लुसी हो’



०९ असार २०७७, काठमाडौँ

अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नातावाद र परिवारवादलाई लिएर चर्को बहस भैरहेको छ । सुशान्त विगत ६ महिनादेखि डिप्रेशनमा थिए । बलिउडमा चल्ने गरेको नातावाद र परिवारवादको कारणले नै सुशान्तले आत्महत्या गरेको चर्चा चलेपछि यसमा केही बलिउड कलाकार विवादमा तानिएका छन् ।

जसमध्येका एक सलमान खान पनि हुन् । यतिबेला सामाजिक सञ्जालमा सलमानलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर अभियान नै चलेको छ । यतिबेला जो सलमानको समर्थनमा बोल्छ उ स्वयम विवादको शिकार भएका छन् । जसको जल्दोबल्दो उदाहरणको रुपमा हामी कलाकार तथा कमेडियन सुनिल ग्रोवर अर्थात डाक्टर मशहुर गुलाटीलाई लिन सक्छौँ ।

उनले सामाजिक सञ्जालमा आइ लब एण्ड रेस्पेक्ट सलमान सर लेखेका थिए । यसमा प्रयोगकर्ताले यसलाई रेस्पेक्ट नभएर चाप्लुसी भनिने बताएका छन् । यतिबेला सलमानलाई समर्थन गरेकाले सुनिलले पनि दर्शकको निकै गाली गाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्