ट्रम्पको समर्थनमा खोलिएको खाता नै ट्वीटरले गर्‍यो बन्द



११ असार २०७७, काठमाडौँ

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता बन्द गरिदिएको छ । उक्त खाताबाट फेक प्रचार गर्न थालेपछि खाता नै बन्द गरिदिएको हो । खातामा समाचार संस्था सीएनएनको भन्दै एक भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियो सीएनएनको आधिकारिक भिडियो भने थिएन ।

केही समयअघि ट्वीटर डोनाल्ड ट्रम्पको एक भिडियोलाई हटाइदिएको थियो । ती भिडियोमा देखिएका व्यक्तिहरुले अनुमति नलिएको भन्दै उक्त भिडियोविरुद्ध रिपोर्ट गरेका थिए । लगत्तै ट्वीटरले भिडियो हटाएको थियो ।

केही समयअघि फेसबूकले पनि डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको थियो । फेसबूकले उक्त विज्ञापन आफ्नो नीतिअनुसार नभएको भन्दै हटाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्