अमेरिकामा २५ लाख भन्दा बढीमा फैलियो संक्रमण, २ करोड बढी संक्रमित हुने आशंका, मृत्यु कति ? अपडेट



१२ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ५ सय ९५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख २६ हजार ७ सय २६ बढी  पुगेको छ ।

एकैदिन ३७ हजार ८ सय ९४ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २५ लाख २ हजार २ सय ९८ बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार ७ सय २९ जनाको अवस्था गम्भीर रहेको छ भने १० लाख ४८ हजार ४ सय ३६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

यसैबीच, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले २ करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जनाएको छ ।

सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार मिडियासँगको कुराकानीमा भने, ‘हाम्रो सबैभन्दा राम्रो अनुमान यो हो कि जब एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ तब १० अन्य संक्रमित थपिन्छन् ।’

प्रतिक्रिया दिनुहोस्