कोरोना भाइरसको माहामारी बिच भारतमा थपियो अर्को पीडा



१२ असार २०७७, काठमाडौं

भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘बिहार र उत्तर प्रदेशका केहि जिल्लामा भारी वर्षा र चट्याङका कारण मानिसहरुको निधन भएको दुःखद समाचार पाएँ । राज्य सरकार तत्परताका साथ राहत कार्यमा जुटेका छन् । यो आपतकालीन स्थितीमा जसले आफ्नो ज्यान गुमाउनुपरेको छ, उनीहरुको परिवारप्रति आफ्नो समवेदना प्रकट गर्छु ।’

भारतको मौसम विभागले बिहारमा अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ । भारी वर्षाका कारण जन धनको क्षती हुने, तल्लो स्थान जलमग्न हुने, यातायात र विजुली आपूर्ती अवरोध हुने र नदीको जलस्तरमा वृद्धि हुनसक्ने चेतावनी दिइएको छ । शुक्रबारका लागि राज्यका लगभग १० जिल्ला रेड जोन घोषित गरिएको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्