१३ असार २०७७, काठमाडौँ
साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र जगतकी निकै चर्चित नायिका हुन् । उनले जतिपनि चलचित्रमा काम गरेकी छिन्, सबै चलचित्रबाट चर्चा नै पाएकी छिन् । उनै साम्राज्ञीले इन्ष्टाग्राममा फिल्म क्षेत्रमा उनले बिताएका नमिठा अनुभवहरु एक भिडियो मार्फत सेयर गरेकी छिन् ।
‘फिल्म क्षेत्रमा सबै राम्रा मान्छे हुदैनन् , ‘ उनले आफ्नो नमिठो अनुभवमा भनेकी छन् । अभिनेत्री साम्राज्ञीले फिल्म सुटिङका बेला छायांकन स्थलमा खानका लागि पानी माग्दा समेत फिल्मका निर्माता र निर्देशकले अपशब्द बोल्ने गरेको बताइन् ।
उनले तितो यथार्थ खोल्दै भनेकी छन् ,’सुटिङ सेट भन्दा बाहिर जान नपाइने हुनाले अरुसँग पानी माग्नै पर्छ । सुटिङ सेटमा खाना र पानीको व्यवस्था गरिदिन आग्रह गर्दा निर्माता र निर्देशकहरु आक्रमण शैलीमा आउँथे । जसका कारण धेरुै बेर म धेरै बेर रुन्थेँ । १२ मिनेट ७ सेकेण्डको भिडियोमा उनले कति कुरा भन्न नसकिएको समेत बताएकी छन् ।