विश्वभर १ करोड ७५ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? अपडेट



१४ असार २०७७, काठमाडौं

विश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड पार भएको छ भने मृतकको संख्या ५ लाख नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १ सय १५ रहेको छ भने ५ लाख ६ सय २६ जनाको मृत्यु भइसकेको छ । यस्तै ५४ लाख ५३ हजार २ सय ४७ संक्रमित निकोसमेत भइसकेका छन् ।

संसारभरी सबैभन्दा धेरै अमेरिकामा २५ लाख ९६ हजार ५ सय ३७ कोरोनाद्वारा संक्रमित छन् । संक्रमितमध्ये १० लाख ८० हजार १ सय ३६ जना निको भइसकेका छन् । साथै, यहाँ हालसम्म १ लाख २८ हजार १ सय ५२ को मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै १३ लाख १५ हजार ९ सय ४१ संक्रमित रहेका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्