१४ असार २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय २४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार १ सय ३ नाघेको छ ।
भारतमा एकैदिन २० हजार १ सय ३१ ७० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख २९ हजार ५ सय ७७ पुगेको छ । संक्रमितमध्ये ३ लाख १० हजार १ सय ४६ जना संक्रमित उपचारपछि निको भएका छन् ।