झन भयावह बन्दै छिमेकी राष्ट्र भारतको स्थिती, थपिदैं संक्रमित, बढ्दै मृत्यु, अपडेट



१५ असार २०७७, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ४ सय ८७  नाघेको छ ।

भारतमा एकैदिन  १९ हजार ६ सय २० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ४९ हजार १ सय ९७ पुगेको छ । संक्रमितमध्ये ३ लाख २१ हजार ७ सय ७४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्