अमेरिकामा २६ लाख ३२ हजार भन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? अपडेट



१५ असार २०७७, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ६० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख २८ हजार ४ सय १२ बढी  पुगेको छ ।

एकैदिन ३६ हजार १ सय १९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २६ लाख ३२ हजार ६ सय ५६ बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार ८ सय १० जनाको अवस्था गम्भीर रहेको छ भने १० लाख ९० हजार ४ सय ६८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्