छिमेकी राष्ट्र भारतमा ५ लाख ६७ हजार भन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? अपडेट



१६ असार २०७७, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ९ सय ४ नाघेको छ ।

भारतमा एकैदिन  १८ हजार ३ सय ३९ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ । संक्रमितमध्ये ३ लाख ३५ हजार २ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्