क्लिनिकमा ग्यास बिस्फोट हुँदा १९ जनाको मृत्यु, कयौं घाइते



१७ असार २०७७, काठमाडौं

इरानको  राजधानी तेहरानमा एक क्लिनिकमा विष्फोट हुँदा १९ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय माध्यमले उक्त विष्फोटमा परी दर्जनौं घाइते भएको उल्लेख गरेका छन् । विष्फोटमा १५ पुरुष र ४ महिलाको मृत्यु भएको छ ।

इरानी टेलिभिजन च्यानलले विष्फोटपछि आकाशमा देखिएको धुवाँको मुस्लो प्रसारण गरेका थिए । दमकलकर्मीलाई आगोमाथि नियन्त्रण पाउन निकै समय लागेको बताइन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्