अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायल सुरुभएसंगै जाग्यो यस्तो आशा



१८ असार २०७७, काठमाडौं

बेलायतमा एक संसदीय सुनुवाईको क्रममा सरकारी कमिटीले अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड–१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्म नतिजा पाएको जानकारी दिएको छ ।

यो ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको छ ।

अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलिबर्टले सरकारी कमिटीलाई ट्रायलको अर्को चरणका लागि ८ हजार भोलुन्टियरको पंजीकरण भएको जानकारी दिए । उनले भ्याक्सिन कहिले तयार हुने बारे कुनै जानकारी दिएनन् किनभने यसको भविष्य ट्रायलको नतिजामा निर्भर हुनेछ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्