२३ असार २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार १ सय ७४ नाघेको छ ।
भारतमा एकैदिन २२ हजार ५ सय १० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख २० हजार ३ सय ४६ पुगेको छ । ४ लाख ४० हजार ९ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।