२४ असार २०७७, काठमाडौँ
केहीदिनदेखि सामाजिक सञ्जालमा चर्किएको भुवन र साम्राज्ञीको विवादले उग्र रुप लिइरहेको छ । दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई जवाफ दिइरहेका छन् । यसैबिच भुवनले पहिलोपटक यस विवादबारे अन्तवार्ता दिएका छन् ।
भुवनले ४० बर्षको फिल्मी करियरमा आफूमाथि यस्तो आरोप कसैले पनि नलगाएकाले यो विवादले आफूलाई चो पुर्याएको बताएका छन् । साथै उनले साम्राज्ञी आफ्नी छोरीजस्तो भएकाले उनलाई त्यस्तो गलत नजरले आफूले कहिल्यै पनि नहेरेको पनि स्पष्ट पारे ।
यो विवादले साम्राज्ञीको मात्र नभएर भुवनको पनि करियरमा ठेस पुगेको छ । किनकी धेरैले यतिबेला भुवनको चरित्रमाथि पनि औला उठाइरहेका छन् । भुवनले अन्तवार्तामा भने, साम्राज्ञीलाई म मेरो छोरी जस्तो मान्छु, उसलाई मैले नराम्रो व्यवहार कहिल्यै पनि गरेको छैन, त्यसैले उनले मेरो बारेमा नराम्रो बोल्दा मेरो चित्त दुखेको छ ।
त्यतिमात्र नभएर उनले साम्राज्ञीले लगाएको आरोपलाई उनले पुष्टि गर्न सके आफू जेल समेत जान तयार भएको बताएका छन् ।