आक्रोशित हुदैँ नायिका पूजना प्रधानले भनिन्, ‘दिपक-दिपालाई महानायक-नायिका बनाइदिनुपर्ने हो’ ?



२७ असार २०७७, काठमाडौँ

यतिबेला कलाकार तथा निर्देशक दिपाश्री निरौला निकै विवादमा तानिएकी छिन् । एक अन्तवार्तामा उनले राजेश हमालको महानायकको उपनाममा प्रश्न गरेकी थिइन् । उनको त्यस्तो प्रतिक्रियाले राजेशका फ्यानलाई निकै निराश बनायो र उनीहरु दिपाको विरोधमा उत्रिए ।

यस्तै यतिबेला सामाजिक सञ्जालमा यस विषयमा विभिन्न कलाकारहरुले आफ्नो विचारहरु व्यक्त गरिरहेका छन् । दर्शकलाई मात्र नभएर धेरै कलाकारलाई पनि दिपाले राजेश हमालप्रति गरेको प्रश्न चित्त बुझेको छैन ।

यस्तै कुनै समयकी चर्चित नायिका पूजना प्रधानले पनि सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै यसबारे आफ्नो भनाई राखेकी छिन् । उनले राजेश हमालाई महानायक हो र ? भनेर दिपाले प्रश्न गर्दा आफ्नो मन सारै दुखेको बताइन् । साथै उनले १ -२ वटा चलचित्र हिट भयो भन्दैमा आफूभित्र यतिधेरै इगो ल्याउन आवश्यक नरहेको बताएकी छिन् ।

उनले आक्रोशित हुदैँ दिपाको भनाई आफूलाई कतिपनि चित्त नबुझेको बताइन् । उनले राजेश हमाल जस्तो नेपाली चलचित्र क्षेत्रमा अरु कोहीपनि कलाकार नभएकाले उनको महानायक उपनाममा हस्तक्षेप गर्ने हक कसैलाई नभएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘ दीपाश्री महानायक हो र ? भन्ने प्रश्न रजतपट अंकलसँग गर्नुभयो । त्यो गलत छ । प्रकाश सुवेदीले दीपा श्रीलाई तपाई महानायिका बन्नुभयो भन्दा उहाँ महानायिका बन्नु हुन्छ त ?’ के भन्न खोज्नुभएको हो मैले त कुरै बुझिन । पुजनाले भनिन् , ‘महानायकले सारा जीवन फिल्मक्षेत्रमा नै विताएका छन् । उहाँले त्यो बाहेक अन्त काम गरे जस्तो पनि लाग्दैन । कुनै मिडियाले , कुनै कसैले महानायक बनाइदिएको होइन । उहँलाई अडियन्सले नै महानायक बनाइदिएको हो ’ भन्दै आक्रोशपुर्ण तरिकाले भनेकी छन् । हिरो भन्नका लागि लायकको नायक उहाँ नै हो भन्ने उनको भनाई छ । दीपाश्रीलाई आफुलाई सम्मान खोज्नुभएको छ भने अरुलाई पनि सम्मान दिन आग्रह गरेकी छन् ।

राजेश हमाल अहिले फिल्म खेलेको छैन भने महानायक होइन भन्ने प्रश्न नै होइन । नेपालमा जो चल्यो उसैको पछि लाग्ने चलनले गर्दा पहिलाको कलाकार छायाँमा परेको उनको भनाईछ । तपाईहरु पनि निर्माता निर्देशक हो तपाईहरुले पनि लिनुप¥यो नि ?भन्दै प्रश्न उठाएकी छन् । पुजनाले भनिन् , ‘सानै उमेर देखि फिल्म क्षेत्रमा आएको हो । म फिल्म क्षेत्रमा आएको १२ बर्ष भइसक्यो । स्कुलबाट भागेर ‘आगो लाग्यो दिलैमा दक्कल बोलाइदेउ’मा खेलेको छु । अहिले पनि कोरस नाचेको देख्न सकिन्छ । ’त्यो बेलामा म १० बर्षको थिए । अहिलेसम्म ४०,४५ वटा फिल्म अभिनय गरेको छु । म सुपरस्टार बन्न सकिन तर सुपर स्टार हुन्थेँ । भोली गएर पुजना प्रदान पनि हिरोइन छ दीपाश्रीले भन्न बेर छैन । ’

यहाँ निर्माता निर्देशकलाई महानायक किन भनिएन भन्नु हुन्छ । सुन्दा पनि अचम्म लाग्छ । बलिउडको र नेपालको फिल्ममा किन कम्पायर गर्नुभएको हो ।

साथै उनले अन्त्यमा यतिका समयसम्म फिल्म क्षेत्रमा दिएको योगदानका लागि पनि राजेशको सम्मान दिपालाई गर्न अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्