२९ असार २०७७, काठमाडौँ
चर्चित गायक शिव परियारले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्ना फ्यानलाई दिपालाई अनावश्यक गाली नगर्न आग्रह गरेका छन् । दिपाले राजेश हमालको महानायक उपनाममा प्रश्न उठाएपछि नराम्रोसँग दर्शकको गाली खाइन् ।
उनले दर्शकसँग माफी पनि मागिन् । तर पनि धर पाइनन् । शिवले दिपाले कुनै ठूलो पाप नगरेकाले उनलाई यतिधेरै गाली नगर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सिमाना नै बेचेको पनि होईन ,मान्छे मारेको पनि होईन । बलात्कार गरेको पनि होईन ,भ्रष्टचार गरेको पनि छैन । यदि गलत या सहि जे गरे पनि दीपा दिदीले अहिलेसम्म एउटै काम गर्नु भो ?’ भन्दै आफ्ना फ्यानलाई सम्झाएका छन् । ठुलै अपराध गरे जस्तो गाली नगर्न पनि उनको आग्रह छ ।
शिवले दीपाको प्रशंषा गर्दै भने, ‘हाम्रो थकित मनलाई अलिकति भएपनि हाँसो दिएर हँसाएर हामीलाई फ्रेस हुने र नयाँ सकारात्मक सोच्ने उर्जा दिनु दिएकी छन् । हामीलाई प्रफुल्लित बनाउने मान्छेप्रति यति खनिनु आवश्यक छ र ?’ उनले सबैलाई प्रश्न समेत गरेका छन् ।
उनले भने , ‘मान्छे हो कहिलेकाँही बोल्दा जिब्रो तलमाथि हुन्छ तर उहाँले भन्ने बित्तिकै हाम्रो प्रिय महानायकको सम्मान सखाप भएको पनि त हैन । माफि पनि माग्नु भइसक्यो । यति भएसी सक्किगोनि त । एउटा नारी कलाकारको पछि यसरी हुर्मत नै लिने गरि त नलागौं न साथीहरु ।’