विगत १ बर्षदेखि क्यान्सरसँग जुधिरहेकी बलिउड अभिनेत्री दिव्या चौकसेको निधन



२९ असार २०७७, काठमाडौँ

विगत साढे १ बर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी बलिउड नायिका, मोडल, गायिका दिव्या चौकसेको आइतबार निधन भएको छ । क्यान्सरको उपचार गराइरहेकाले उनी फिल्म क्षेत्रमा देखिएकी थिइनन् ।

दिव्याले अन्तिम पटक संसार छोड्नुभन्दा १७ घण्टा अगाडी आफ्नो फ्यानका लागि केही म्यासेज छोडेकी थिइन् । उनलाई लामो समयसम्म गायब भएको देखेर फ्यानले कता हराएको भन्दै प्रश्न गरिरहेका थिए ।

दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखेकी थिइन् – म जे भन्न चाहन्छु त्यसका लागि शब्द पर्याप्त छैन । हुन त शब्द अत्यधिक छन् तर पनि कम छन् । म गायब भएको थुप्रै महिना भइसक्यो र प्रश्नको बाढी आइरहेको छ । म यतिबेला यो भन्न चाहन्छु कि म आफ्नो मृत्युशैय्यामा छु । हो, स्थिती यस्तै छ र म बलियो छु । त्यो जीवनका लागि जसमा संघर्ष छैन । कृपया केही प्रश्न नगर्नुहोस् । तपाईंहरु मेरा लागि कति महत्वपूर्ण हुनुहुन्छ भने भगवानलाई मात्रै थाहा छ ।

यतिबेला उनलाई सामाजिक सञ्जालमा उनका शुभचिन्तक र फिल्मकर्मीले श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्