२९ असार २०७७, काठमाडौँ
भुवन र साम्राज्ञीको विवाद पनि अझै सेलाएको छैन । केहीसमय अघि भुवनले साम्राज्ञीले आफ्नो प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै उनी विरुद्ध कलाकार संघ मा निवेदन दिएका थिए ।
त्यसपछि चुप रहेकी साम्राज्ञीले भुवनलाई वकिलमार्फत जवाफ पठाएकी छिन् । उनले आफूले भिडियोमा कसैको पनि नाम नलिएको र यस विषयलाई अगाडी बढाउन नचाहेकाले यसबारे केही नबोलेको बताएकी छिन् ।
यो उजुरीका आधारमा चलचित्र कलाकार संघले साम्राज्ञीलाई संघमा बोलाएर छलफल गरेको थियो । संघका प्रवक्ता एवम् उपाध्यक्ष मोहन निरौलाले असार २० गते साम्राज्ञीले मौखिक जवाफ दिएको बताए ।