झन भयावह बन्यो भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संक्रमण, मृत्यु कति ? अपडेट



०१ साउन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४ हजार ९ सय २९ नाघेको छ ।

भारतमा एकैदिन अहिलेसम्मकै उच्च ३२ हजार ६ सय ८२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९ लाख ७० हजार १ सय ६९ पुगेको छ । ६ लाख १३ हजार ७ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्