अमेरिकी विदेशमन्त्री पोम्पेओले किन गर्दैछन् बेलायत र डेनमार्कको भ्रमण ?



०१ श्रावन २०७७, काठमाडौं

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लागेका छन् ।

आगामी हप्ताको शुरुमै उनी त्यसतर्फ जान लागेको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा चीन र हङ्कङ्मा विकास भइरहेको परिस्थितिको बारेमा आवश्यक छलफल गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ युरोपका ती दुई देशको भ्रमणका लागि जान लागेका हुन् ।

उनले भनेका छन्,– आगामी हप्ता नै छोटो भ्रमणका लागि म संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणका लागि जान लागेको छु र मैले त्यहाँ चीन र हङ्कङ्का विषयमा छलफल गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्