भारतमा कोरोनाले लियो उग्ररुप, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संक्रमण, मृत्यु कति ? अपडेट



०२ साउन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ८० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २५ हजार ६ सय ९ नाघेको छ ।

भारतमा एकैदिन अहिलेसम्मकै उच्च ३५ हजार ४ सय ६८ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको छ । ६ लाख ३६ हजार ६ सय २ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्