भारतमा दैनिक संक्रमणदर निकै उच्च, अहिलेसम्म कति पुगे मृतक र संक्रमित ? अपडेट



०३ साउन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ७६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २६ हजार २ सय ८५ नाघेको छ ।

भारतमा एकैदिन ३४ हजार ८ सय २० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ४० हजार ४ सय ५७ पुगेको छ । अहिलेसम्म ६ लाख ५४ हजार ७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्