अमेरिकामा ३८ लाख ३१ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? , अपडेट



०४ श्रावन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ७ सय ९७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ४२ हजार ८ सय ६१ बढी  पुगेको छ ।

एकैदिन ६१ हजार ७ सय ९१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३८ लाख ३१ हजार ८ सय ३ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ६ सय ८३ जनाको अवस्था गम्भीर रहेको छ भने १७ लाख ७४ हजार ६८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्