झन भयावह बन्दै भारतको स्थिती, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संक्रमण, मृत्यु कति ? अपडेट



०४ श्रावन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ४३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २६ हजार ८ सय २८ नाघेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन अहिलेसम्मकै उच्च ३७ हजार ४ सय ७ हजारभन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ८ सय ६४ पुगेको छ । अहिलेसम्म ६ लाख ७७ हजार ६ सय ३० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्