०४ साउन २०७७, काठमाडौँ
उषा पौडेल कुनै समयकी निकै नै चर्चित नायिका हुन् । उनले नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो स्थान बनाइरहेकी थिइन् । नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाइरहदाँ उनी भारत पुगिन् ।
भारतमा केही समय सिरियलहरुमा काम गरेपछि उनी अमेरिका भासिइन् र अहिलेपनि उतै नै छिन् । अमेरिकामा उषाको भेट सुधासुंसँग भएको थियो । लामो समयसम्म प्रेममा बसेपछि यी दुईले करिब ३ बर्ष अगाडी विवाह गरेका थिए ।
उषा र सुधांसुको ३ बर्षको वैवाहिक सम्बन्धमा पुर्णविराम लागेको छ । यी दुईले डिभोर्स गरेका छन् । सुधांसुले उषासँग दोस्रो विवाह गरेका थिए । उनीहरुको विवाह दर्ता भने भएको थिएन ।
उषाले बारम्बार भनिरहदाँ पनि सुधांसुले विवाह दर्ता गर्न मानेका थिएनन् । यहि कुरामा झगडा भएपछि उषा र सुधांसु केही समयदेखि छुट्टै बस्दै आएका थिए । उषा छुट्टै बस्न थालेपछि एकपटक सुधांसु उषासँग कुरा गर्न समेत गएको तर दुईबिच कुरा नमिलेको बताइएको छ ।