यी देशहरु जहाँ अझै देखिएको छैन कोरोना भाइरसको संक्रमण



०५ श्रावन २०७७, काठमाडौं

सन् २०१९ को डिसेम्बरसम्म कोरोनाभाइरस चीनमा सिमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोरोना वैश्विक महामारीमा परिणत भयो । यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ ।

जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर यस भाइरसबाट १ करोड ४६ लाख जना बढी संक्रमित भइसकेका छन् भने ६ लाख बढीले ज्यान गुमाइसकेका छन् । यस्तै ८८ लाख बढी भने निको पनि भएका छन् ।

यो भाइरस वैश्विक महामारी बनिरहँदा अझै केही देशमा भने यस भाइरसको संक्रमण देखिएको छैन या देखिएको रिपोर्ट गरिएको छैन । ती देशहरुमा तुर्कमेनिस्तान, किरिबाती, मार्सल आइल्यान्डस, माइक्रोनेसिया, नाउरु, उत्तर कोरिया, पालाउ, सामोआ, सोलोमन आइल्यान्डस, टोङ्गा, ताभालु र भानुआतु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्