सुशान्तकी प्रेमिका रियालाई ट्रोलर्सले दिए ज्यान मार्ने धम्की



०५ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया समस्यामा परेका छन् । सुशान्तका फ्यान उनीप्रति निकै भड्किएका छन् । धेरैले त सुशान्तको मृत्युको कारण नै रिया भएको बताएका छन् ।

सुशान्तको आत्महत्या भएपछि उनी गुमनाम जस्तै भएर बसेकी थिइन । तर उनलाई नै मार्ने धम्की आउन थालेपछि उनले आज मुख खोलेकी छन् ।

आफ्नो विभिन्न नाम दिएर ट्रोलर बनाएको भन्दै आक्रोश पोखेकी छन् । उनले आज ट्रोलरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै सहन नसकेर बोल्य बाध्य भएको बताएकी छन् । मन्नु राउत नामक एक ट्रोलरले पठाएको म्यासेजमा , ‘तिम्रो हत्या र बलात्कार होस् । तिमीले आत्महत्या गर, नत्र म तिमीलाई मार्नका लागि मानिस पठाउँछु ।’ लेखेको पाए पनि रिया आत्तिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्