०६ साउन २०७७, काठमाडौँ
महानायक राजेश हमाल केहीसमय यता विवादमा तानिएका छन् । दिपाश्री निरौलाले एक अन्तवार्तामा उनको महानायकको उपनाममा प्रश्न उठाएपछि यो कुराले ठूलो रुप लिएको हो ।
राजेश हमालका फ्यानले दिपालाई निकै नै गालीगलौच समेत गरे । यसबारे राजेशले विभिन्न अन्तवार्तामा आफ्नो विचार व्यक्त गरिरहेका छन् । उनले दिपालाई माफ गर्न आफ्ना फ्यानलाई अनुरोध समेत गरिसकेका छन् ।
राजेश हमालको जति फ्यान नेपालमा सायदै कुनै कलाकारको छन् । उनी बच्चादेखि वृद्धसम्म सबैको अहिलेपनि फेबरेट नै हुन् । हालै दिएको एक अन्तवार्तामा उनले आफ्नो अतितको मिठो पल सेयर गरेका छन् ।
धेरै समय पहिले झापामा छायांकन गर्नको लागि गएको बेला उनले त्यहाँका महिलाहरुबाट निकै नै सम्मान पाएका थिए । त्यहाँका महिलाहरुले उनको फोटो भगवान्को मन्दिरमा राखेर पूजा गरेका थिए । त्यो सब देखेर राजेश हमाल आफूलाई अहिले पनि निकै खुसी लाग्ने बताउँछन् ।