आलियालाई कगंनाको प्रश्न, अवार्ड लिन लाज लागेन ?



०६ साउन २०७७, काठमाडौँ

कगंना रनावत बलिउडकी निकै सफल अभिनेत्री हुन् । सफल अभिनेत्रीकी साथै उनी सशक्त नारी पनि हुन् । आफ्ना मनमा लागेका कुरा निर्धक्क बताउन सक्ने अभिनेत्री हुन् उनी, चाहे त्यसका लागि उनले दर्शकको गाली नै किन खानु नपरोस् तर पछि हट्दिनन् ।

केही समय अघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे । त्यसपछि बलिउडमा नेपोटिज्मको चर्चा सुरु भयो । धेरैले सुशान्त बलिउडमा हुने गरेको नेपोटिज्मको कारण नै आज हामीमाझ नभएको बताइरहेका छन् ।

यसैबिच कगंनाले पनि विभिन्न बलिउडकर्मीलाई दोषी देखाउँदै सुशान्तको समर्थनमा आवाज उठाएकी छिन् ।

हालै उनले एक अन्तर्वार्ताका क्रममा बलिउडमा ठूला हस्तीले बाहिरी कलाकारलाई मतलब नगर्नेबारे बताएकी थिइन् ।

‘उन (सुशान्त सिंह राजपूत)लाई यो देखेर डर लागेको थियो होला कि, आइफा अवार्ड, लण्डनमा कसरी अपमान गरेका थिए, जबकि बलिउडमा नेपोटिज्म रकेट अब दर्शकसम्म आइपुगेको छ, र पनि यसलाई कसैले रोकेका छैनन्, उनीहरुले अवार्ड समारोहमा एकअर्काको काँध थमथमाउनका लागि कति ठूलो घोटाला गर्छन् ।’

आलिया भट्टले भने अवार्ड लिन लाज नमानेको कंगनाले बताएकी छिन् । उनले भनिन्, ‘आलियाले गली ब्यायमा १० मिनेटको भूमिका निभाएर मुख्य भूमिकाको अवार्ड स्वीकार गर्दा कुनै लाज लाज लागेन ।’

प्रतिक्रिया दिनुहोस्