०६ साउन २०७७, काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवासमै बसेको आजको बैठकमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । उनी सहभागी नहुनुको कारण भने खुल्न सकेको छैन ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए । प्रवक्ता श्रेष्ठउनका अनुसार अर्को बैठक साउन १३ गते बस्नेछ ।
बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ । भने विभिन्न स्थानमा राजमार्ग र पुल समेत भत्किएका कारण कतिपय सहडकहरु अवरुद्द भएका छन् ।
यद्यपि स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक बसेको दावी गरेका छन् । सो बैठकमा अन्य एजेण्डालाई थाती राखेर कार्यकारी अध्यक्ष प्रचण्डले बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा पार्टी पंक्ति लाग्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावलाई एकमतले पारित गरेको हो ।