पारिश्रमिक घटाउन तयार दयाहाङ



०६ साउन २०७७, काठमाडौँ

कोरोनाको कारण लामो समयसम्म लकडाउन भएकाले नेपाली चलचित्र निकै प्रभावित भएको छ । अहिले सम्पूर्ण चलचित्रको छायांकन र प्रदर्शन पनि रोकिएका छन् । तर लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काम भने धमाधम सुरु भैसकेका छन् ।

यसैबिच अभिनेता पल शाह र स्वस्तिमा खड्काले अहिले सबैलाई समस्या परेकाले आफ्नो पारिश्रमिक केही हदसम्म घटाउन तयार भएको बताएका थिए । यस्तै अभिनेता दयाहाङ राईले पनि अब आफ्नो पारिश्रमिक घटाउन तयार भएको बताएका छन् ।

कोरोनाको महामारीपछि फिल्म क्षेत्रलाई गतिशील बनाउन सरकारी पक्षबाट पनि समन्वय हुनुपर्ने उनको भनाई छ । लकडाउन हुनुभन्दा अगाडि आधा दर्जन बढी फिल्म साइन गरेर बसेका उनी सरकारले छायांकन अनुमति दिएसँगै फिल्म ‘के घर के डेरा’ को छायांकनमा व्यस्त हुनेछन् । यसपछि दयाहाङले निर्देशक द्वय निश्चल बस्नेत र रामबाबु गुरुङको नयाँ फिल्ममा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्