०६ साउन २०७७, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाका ३ ओटा वडामा लकडाउन थप कडाई गरिने भएको छ ।
महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि बूढानीलकण्ठका १०, ११ र १२ नं. वडामा लकडाउनलाई थप कडाई गरिन लागिएको हो ।
उच्च जोखिममा रहेको कपन क्षेत्रभित्र भाइरसको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनलाई ध्यानमा राखी लकडाउनलाई थप प्रभावकारी रुपमा पालन गर्न वडावासीमा तीनवटै वडा कार्यालयले अनुरोध गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १०,११ र १२ द्वारा जारी प्रेस विज्ञप्ती :