सुशान्तमाथि पनि लागेको थियो ‘मीटू’ को आरोप, यी नायिकाले बताइन् वास्तविकता



०७ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले १ महिनाअघि आत्महत्या गरेर संसार छोडेका थिए । अहिलेसम्म उक्त विषय सेलाउन सकेको छैन । उनको निधन भएपछि उनीबारे नयाँ नयाँ कुराहरु आइरहेका छन् ।

केहीसमय अघि बलिउडमा मीटू अभियान चलाइएको थियो । जहाँ धेरै नायिकाहरुले आफूमाथि भएको मीटूबारे बोलेका थिए । त्यसबेला बलिउडका धेरै हस्तिहरु मीटू मा मुछिएका थिए । तर कमैलाई मात्र थाहा होला, सुशान्तलाई पनि मीटू को आरोप लागेको थियो ।

भारतीय मिडियाले नै यसबारे खुलासा गरेको थियो । प्रदर्शनको तयारीमा रहेको सुशान्तको अन्तिम चलचित्र दिल बेचारा की नायिका संजना संघीलाई सुशान्तले दुव्र्यवहार गरेको खबर बाहिर आएको थियो । यसबारे संजनाले नै हालै दिएको एक अन्तवार्तामा बोलेकी छिन् ।

उनले यो कुरा झुटो भएको बताएकी छिन् । उनले सुशान्तले आफूमाथि कहिल्यै पनि दुव्र्यवहार नगरेको स्पष्ट पारिन् । साथै संजनाले छायांकनका क्रममा धेरै कुरामा सुशान्तले आफूलाई सहज महशुस गराएको पनि बताइन् ।

उनले सुशान्त र आफ्नो मित्रता कस्तो थियो भनेर आफूलाई मात्र थाहा भएको पनि बताइन् । उनले भनिन्, ‘हामी दैनिक निकै आरामले सुटिङ गर्ने गर्दथ्यौं । यस्ता आरोप लगाएका एक दुईवटा आर्टिकललाई तपाईंले खासै ध्यान दिनुहुन्नँ । यस्तो कहानीले मेरो र सुशान्तबीचको सम्बन्धमा कुनै फरक पारेन किनभने मिडियामा आएजस्तो केही भएकै थिएन । वास्तवमा भन्ने हो भने आखिर हामीबीच त्यस्तो केही भएकै छैन भनेर मानिसहरुलाई कसरी विश्वास दिलाउने होला भनेर हामीले सोच्ने गर्दथ्यौं । हामी एक–अर्काको निकै मिल्ने साथी थियौं तर जब यस्तो खबर आयो तब मलाई थोरै अचम्म लागेको थियो, आखिर हामीले आफ्नो वास्तविकता कसरी पेश गर्ने भनेर अचम्मको स्थिती थियो ।’

सुशान्तको अन्तिम चलचित्र दिल बेचारा ले रेकर्ड माथि रेकर्ड बनाइरहेको छ । यो चलचित्रको गीत र ट्रेलरलाई दर्शकले यति मन पराएका छन् कि गीत र ट्रेलरले विश्व रेकर्ड राख्न सफल भएको छ । त्यसका साथै सुशान्तका फ्यानले उनको अन्तिम चलचित्र हेर्न निकै आतुर रहेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्