झन भयावह बन्दै भारतको स्थिती, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संक्रमण, मृत्यु कति ? अपडेट



०८ साउन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २९ हजार ८ सय ९० नाघेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन अहिलेसम्मकै उच्च ४५ हजार ५ सय ९९ हजारभन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ लाख ३९ हजार पुगेको छ । भारतमा पछिल्ला पाँच दिनमा मात्रै १ लाख ९९ हजार १२७ जना संक्रमित भएका छन् । अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्