छोरीको बलात्कारीलाई सजाय दिलाउँदा र मोहियानी हक माग्दा गयो त्रिभुवनको ज्यान



११ साउन २०७७, काठमाडौं

छोरीलाई बलात्कार गर्नेविरुद्ध किटानी जाहेरी दिएको र जग्गाको मोहियानी हकबारे कुरा उठाउँदा ज्यान गुमाएका सप्तरीको शम्भुनाथ नगरपालिका–३, कंचन्धा टोलका त्रिभुवन रामका परिवारले अझै न्याय पाउन सकेको छैन । दुई वर्ष अगाडि गाउँका केही युवाहरु घरमै आएर छोरीलाई बलात्कार गरेपछि त्रिभुवन रामले पहिचान भएका व्यक्तिको नामै किटान गरेर प्रहरीमा उजुरी दिँदा प्रहरीले ती तीनै जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

दुई वर्षदेखि त्रिभुवन र बलात्कार गर्नेका परिवारबीच रिसइवी चल्दै थियो । यता, त्रिभुवनले रासलाल पाल र सुरेन्द्र पालको मोहियानी जमिन जोतभोग गर्दै थिए । उनीहरुले आफ्नो जग्गा फिर्ता चाहन्थे तर कानुनले नमिल्ने भएपछि त्रिभुवनले फिर्ता दिइरहेका थिएनन् । यी दुईवटा घटनाले अन्ततः त्रिभुवन रामको ज्यान नै लियो ।

यही दुई घटनाको कारण आफ्नो श्रीमानको हत्या भएको भन्दै त्रिभुवनकी श्रीमती घुर्नीदेवी राम अहिले न्यायका लागि चारैतिर भौतारिरहेकी छन् । घटना भएको भोलिपल्ट चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ती चारजना अहिले थुनामै छन् । प्रहरीले अनुसन्धान जारी रहेको बताउँदै आएको घुर्नी देवीको भनाइ छ । उनले भनिन्, ‘मेरो श्रीमानको हत्या उनीहरुले गरेको कुरा प्रष्ट छ, तैपनि प्रहरी केको अनुसन्धानमा लागेको छ, बुझ्न सकेको छैन ।’

सामूहिक बलात्कारको उजुरी र जग्गाको मोही सम्बन्धी विवादमा त्रिभुवनको पक्षमा फैसला आएको हुनाले विपक्षीहरुले योजना बनाएरै हत्या गरेको घुर्नीको आरोप छ । २०७४ फागुन २७ गते छोरीलाई सामूहिक बलात्कार गरेको भन्दै त्रिभुवनले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उजुरी दिएकामध्ये अहिले चारजना जेलमा छन् । उनीहरुलाई १० वर्षको जेल भएको छ ।

घुर्नी देवी भन्छिन्, ‘उनीहरुले जेलमा परेदेखि नै मेरो श्रीमान तथा मलाई धम्क्याउँदै आइरहेका थिए, यो एकजना चमारलाई मारि दिए केही हुँदैन भन्दै पटक पटक धम्की दिँदै आइरहेका थिए ।’ उनीहरुले पटक पटक आक्रमणको प्रयास गरेको उनको भनाइ छ । ‘हामीले निकै असुरक्षित महसुस गरेका थियौं,’ उनले भनिन्, ‘आखिर त्यही भयो, जुनको कुराको हामीलाई आशंका थियो ।’

‘त्रिभुवनलाई जसरी मारेर हामीले फालिदियौं, त्यसरी नै यसलाई पनि मारेर फ्यालिदिनुपर्छ भनेर धम्की दिन्छन्, यसले निकै चुरीफुरी देखाइरहेको छ, यो म(यो भने बाटो नै साफ हुन्छ भनि धम्की दिएका छन् । यो कुरा मैले जिल्ला प्रहरी कार्यालयमा पनि भनेको छु, एसपीले अब कसैले त्यस्तो भन्यो भने तुरुन्त खबर गर्नुस्, फोनबाट धम्की दियो भने त्यो नम्बर दिनु भन्नुभएको छ, त्यसपछि उनीहरुले प्रत्यक्ष रुपमा धम्की दिन छाडेका छन् तर हामी सबै घरपरिवार निकै चिन्तित र त्रसित छौं ।’

त्रिभुवन रामका छिमेकी जयप्रसाद राम भन्छन्, कंचन्धा टोलमा हामी चार घरपरिवार छौं, अहिले हामी पुरै असुरक्षित छौं । कतिबेला के हुन्छ थाहा छैन, थुनामा रहेका घरपरिवारका मान्छेहरु सँधै धम्क्याउन आउँछन्, बेलाबेला आक्रमण गर्ने प्रयास गरिरहेका हुन्छन् ।’

त्रिभुवन रामको परिवारले न्याय पाओस् भनेर जयप्रसाद राम छिमेकीको नाताले सहयोग गरिरहेका छन् ।

न्यायका लागि घुर्नी देवीलाई प्रहरी–प्रशासन जाने लगायतका काममा सहयोग गरेकै कारणले विपक्षीबाट उनलाई पनि थ्रेट आइरहेको छ । घटनापछि शम्भु साह, प्रभु साह, सुरेन्द्र पाल र पंकज चौधरी पक्राउ परेपछि उनका परिवारका मान्छेहरु आफ्नो घरमै आएर धम्क्याएको उनले बताए ।

शनिबार कुरा गर्दै जयप्रसादले भने, ‘त्रिभुवनलाई जसरी मारेर हामीले फालिदियौं, त्यसरी नै यसलाई पनि मारेर फ्यालिदिनुपर्छ भनेर धम्की दिन्छन्, यसले निकै चुरीफुरी देखाइरहेको छ, यो म(यो भने बाटो नै साफ हुन्छ भनि धम्की दिएका छन् । यो कुरा मैले जिल्ला प्रहरी कार्यालयमा पनि भनेको छु, एसपीले अब कसैले त्यस्तो भन्यो भने तुरुन्त खबर गर्नुस्, फोनबाट धम्की दियो भने त्यो नम्बर दिनु भन्नुभएको छ, त्यसपछि उनीहरुले प्रत्यक्ष रुपमा धम्की दिन छाडेका छन् तर हामी सबै घरपरिवार निकै चिन्तित र त्रसित छौं ।’

बलात्कारको घटनामा दोषी देखिएर जेलमा रहेका परिवारका सदस्यले एक महिना अगाडि पनि त्रिभुवनमाथि आक्रमण गरेको थियो । सांघातिक आक्रमण गरी उनीहरुले त्रिभुवनको टाउको फुटाइदिएका थिए । त्यही दिन नै उनीहरुले त्रिभुवनलाई मार्ने धम्की दिएको उनी बताउँछन् । धम्की दिए अनुसार नै योजना बनाएर त्रिभुवनको हत्या गरेको जयप्रसादको दावी छ ।

त्रिभुवन रामको काजकिरिया शनिबार सकिएको छ । उनको त ज्यान गयो नै, परिवारका अन्य सदस्य पनि त्रासमा छन् । न्याय नपाउने हो कि भन्ने आशंका पनि छ ।

घुर्नी देवी भन्छिन्, ‘अहिले हत्या भएको परिवारलाई न्याय दिलाउने भन्दा हत्या गरेकोलाई कसरी छुटाउने भन्नेमा नेता तथा सांसदहरु लागेका छन्, अहिले हामीलाई सहारा दिने कोही भएन, समाज पनि अहिले उनीहरुकै साथमा छ । किनभने हामी दलित छौं, हामीसँग दिने केही छैन, उनीहरु उच्च जातीका छन्, उनीहरुसँग रुपियाँ पैसा छ ।’

वडा अध्यक्षदेखि मेयरसम्म हारगुहार गर्दा उनीहरुले त्यति ध्यान दिएकोजस्तो आफूलाई नलागेको उनको भनाइ छ । ‘बरु जेलमा रहेकाहरुलाई कसरी छुटाउन सकिन्छ भन्नेतिर उहाँहरुले विषेश ध्यान दिएकोजस्तो लागिरहेको छ,’ उनले भनिन् ।

परिवारको अवस्था

घरका मुल व्यक्ति नै त्रिभुवन राम थिए । उनले काम गरेपछि मात्र त्यो घरको चुल्होमा आगो बल्थ्यो । तर घरको मुल व्यक्तिको नै हत्या भएपछि अहिले त्यो घरमा बिच्चली भएको छ । ६ वर्षीय एउटा छोरा र चारजना छोरी छन् । एउटी छोरीको मात्र विवाह भएको छ । त्रिभुवनकी आमाको निधन पहिला नै भइसकेको थियो । त्रिभुवनका ७५ वर्षीय बुवा छन्, उनी केही काम गर्न सक्दैनन् । लठ्ठीको सहारामा हिँड्छन् ।

त्रिभुवन रामका भाइ थिए, एक वर्षअघि वैदेशिक रोजगारीमा गएको बेला उनको उतै निधन भइसकेको छ । तीन छोरी र एक छोरालाई हुर्काउने, उनीहरुको विवाह गर्ने दायित्व अब घुर्नीको काँधमा आएको छ ।

जयप्रसादका अनुसार १४–१५ कठ्ठा मोहियानी जग्गा छ । ‘त्यसको केही भर छैन, त्यही जमिनलाई लिएर यत्रो घटना भयो,’ उनले भने ।

औषधि लिन पसल गएकी त्रिभुवनकी छोरी घर छेउमै सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जयप्रसाद भन्छन्, ‘सो घटनामा आरोपितहरुले पैसा दिएर मिलाउन खोजे पनि त्रिभुवनले मुद्दा फिर्ता लिन अस्विकार गरेपछि सामूहिक बलात्कार गर्नेहरु युवाहरुलाई १० वर्ष कैद सजाय भएको थियो ।’

घुर्नीदेवीले अहिलेसम्म कतैबाट खासै सहयोग नपाएको गुनासो गरिन् । ‘मलाई राज्यबाट क्षतिपूर्ति होइन, दोषीले सजाय पाउनुपर्छ, कसै–कसैले लेनीदेनी गरेर समाजमै मिल्न दबाब दिइरहेका छन् तर त्यस्तो कदापी हुँदैन, मेरो श्रीमानको हत्या भएको छ, उहाँलाई हत्या गर्नेले जबसम्म सजाय पाउँदैनन्, तबसम्म मेरो श्रीमानको आत्माले शान्ति पाउँदैन ।’

श्रीमानको हत्यारासँग लेनदेनको सम्झौता नगर्ने उनले बताइन् । ‘बरु भोकै मरुँला तर हत्यारासँग सहयोग साटिने छैन ।’

हुन त छोरीको बलत्कार हुँदा पनि पैसा लिएर घटनालाई गाउँमै मिलाउन त्रिभुवनलाई त्यतिबेला पनि दबाब थियो तर उनले त्यतिबेला पनि घरको इज्जतलाई पैसासँग साट्न सकिदैन भनेका थिए । त्यही कुरालाई स्मरण गर्दै घुर्नीले भनिन्, ‘मेरो श्रीमान जहिले पनि न्यायको पक्षमा हुनुहुन्थ्यो, मेरो छोरीको बलात्कार हुँदा गाउँ समाजबाट पैसा लिएर मिल्न दवाव आएको थियो तर हामीले मानेनौं अहिले त झन् मान्ने कुरा हुँदैन, अहिले मेरो श्रीमानको हत्या भएको छ ।’

औषधि लिन पसल गएकी त्रिभुवनकी छोरी घर छेउमै सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जयप्रसाद भन्छन्, ‘सो घटनामा आरोपितहरुले पैसा दिएर मिलाउन खोजे पनि त्रिभुवनले मुद्दा फिर्ता लिन अस्विकार गरेपछि सामूहिक बलात्कार गर्नेहरु युवाहरुलाई १० वर्ष कैद सजाय भएको थियो ।’

सामूहिक बलात्कारमा दोषी देखिएका एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र मनोजकुमार साह राजविराज कारागारमा कैदी जीवन बिताइरहेको उनले बताए ।

मृतक त्रिभुवनकै कारण बलात्कार घटनामा मुछिएर आफ्ना आफन्त जेलमा गएको भन्दै रिसइवीका कारण त्रिभुवनको हत्या गरेको आरोपमा शम्भु साह, प्रभु साह, पंकज चौधरी थुनामा छन् ।

कसरी भयो हत्या ?
असार २९ गते इलाका प्रहरी कार्यालय रुपनीमा मृतक त्रिभुवन र सोही वडाका रासलाल पाल, सुरेन्द्र पालबीच भएको जग्गाको मोही सम्बन्धी छलफल भएको थियो । छलफलमा विवाद पनि भएको थियो । मृतक त्रिभुवनका हजुरबुबा झौलाई रामकै पालादेखि मोही जग्गा रहेको प्रमाण त्रिभुवनले छलफलका क्रममा देखाएका थिए । त्यसपछि आधा बाली खान पाउने गरी त्रिभुवनको पक्षमा निर्णय भएको थियो । त्यसले रासलाल र सुरेन्द्रको निकै चित्त दुखेको थियो ।

त्यतिबेला गालीगलौज पनि भएको थियो । र त्यही दिनको रातिदेखि त्रिभुवन बेपत्ता भएका थिए । त्रिभुवनको शव असार ३० गते साँझ शम्भुनाथ नपा–३ कचन्दाहास्थित मुतनी नदीमा फेला परेको थियो । टाउको र चिउँडोमा चोट देखिएको थियो भने कानबाट रगत पनि बगेको थियो । हत्या गरेर उनलाई घिसारेर फ्याल्दा छाती र कुहिनाको छाला ताछिएको अवस्थामा त्रिभुवनको शव नदी किनारबाट फेला परेको थियो ।

जयप्रसाद भन्छन्, ‘अहिले थुनामा रहेका प्रभु साहले सडक र खेतमा रहेका रगतका छिट्टालाई ट्याक्टरले जोतेर नष्ट गरेका थिए ।’

मृतक त्रिभुवनको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको थियो तर डाक्टरले पोष्टमार्टम गर्न मानेनन् । जयप्रसादले भने, ‘कसैको दवावमा त्यहाँको डाक्टरले पोष्टमार्टम गर्न चाहेको थिएन । त्यसपछि बाध्य भएर साउन १ गते साँझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगे, त्यहाँ पनि पोष्टमार्टम गर्नका लागि ४८ घण्टा लगाएको थियो ।’    रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्