अस्पतालमा रहेका अमिताभको गुनासो, ‘डाक्टरहरु भेट्न नै आउँदैनन्’



१२ साउन २०७७, काठमाडौँ

अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण पुष्टि भएपछि विगत २ हप्तादेखि मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराइरहेका छन् । उनीसँगै उनका छोरा, बुहारी र नातिनीको पनि उपचार भैरहेको छ ।

आइशोलेसनमा रहेका अमिताभ सामाजिक सञ्जालमार्फत दर्शकसँग जोडिरहेका छन् । उनले हालै एक भिडियो सेयर गर्दै आफूलाई डाक्टरहरु कम हेर्न आउने गरेको गुनासो पोखेका छन् ।

अमिताभले डाक्टरहरु आफूसँग धेरैजसो सामाजिक सञ्जालमार्फत नै सम्पर्कमा आउने गरेको पनि बताएका छन् । उनले आफूलाई मानसिक तनाव पर्न थालेको कुरा दर्शकसँग सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्