जिल्ला प्रमुखसहित एकैदिन १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि



syangja Police office

१२ साउन २०७७, काठमाडौं

स्याङ्जा प्रहरी प्रधान कार्यालय प्रमुखसहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कार्यालय स्रोतका अनुसार एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ । यसअघि आइतबार प्रदेश–१ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी अस्पतालले जनाएको छ । हालसम्म नेपाल प्रहरीमा एक सय ६० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्