१५ साउन २०७७, काठमाडौँ
अत्याधिक सफल बलिउड चलचित्र बाहुबली का निर्देशक एसएस राजामौली सहित उनको परिवारमा कोरोना पोजेटिभ देखिएको छ ।
यो कुराको जानकारी स्वयम एसएसले आफ्नो ट्वीटरमार्फत दिएका छन् । राजामौलीले केहीदिनदेखि सन्चो नभएको नभएकाले कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
डाक्टरहरुको सल्लाह अनुसार एसएस परिवारसहित घरमै क्वारेन्टिनमा रहेका छन् । राजामौली हैदराबादमा आफ्नी पत्नी रामा राजामौली र छोरी एसएस मयुखासँग बस्दै आएका छन् ।