धुर्मुस र मनोज बने पाइलट



१६ साउन २०७७, काठमाडौँ

बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल र सिताराम कट्टेल –धुर्मुस) पाइलट बनेका छन् । अब उनीहरुले साउनको २२ गतेसम्म प्लेन उडाउने छन् ।

उनीहरु वास्तविक पाइलट बन्न लागेका होइनन् । यसपटकको गाइजात्रामा उनीहरु दर्शकलाई पाइलट बनेर मनोरञ्जन दिनेछन् ।

उनीहरुले आज साउन १५ गतेदेखि सुरु हुने ‘गाईजात्रा विशेष कार्यक्रम’ मा आफुलाई पाइलटको भुमिकामा दर्शकमाझ देखा परेका हुन् । उनीहरुको गाइजात्रामा फरक भुमिका देख्न सकिन्छ ।

उनीहरुको फरक अवतारलाई दर्शकले ‘गाईजात्रा विशेष कार्यक्रम’ एपीवान टेलिभिजन बेलुका ८ बजेदेखि ९ बजेसम्म हेर्न सकिने छ भने गजुरेल युट्युव च्यानलबाट ९ बजेपछि हेर्न सकिने छ । त्यस्तै मनोज गजुरेललाई विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का प्रमुख टेड्रोस अवतारमा पनि देख्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्