१६ साउन २०७७, काठमाडौँ
प्रिती आले चर्चित लोकदोहोरी गायिका हुन् । उनले थुप्रै चर्चित गीतहरु गाइसकेकी छिन् । केहीसमय अघिमात्र प्रितीको लरिलै लरिलै, फरिया भिजायो मेरो दर्के पानीले बोलको तिज गीत सार्वजनिक भएको थियो ।
उक्त गीतलाई दर्शकले रुचाए । तर गीतबाट प्रितीले आलोचना पनि त्यतिकै खेप्नुपर्यो । भर्खरै मात्र प्रितीको नयाँ तिजको गीत रिलिज भएको छ ।
राजबहादुर सानेको शब्द र संगीत रहेको हामी नाच्ने हो गाउने हो, डिस्टर्व नगर बोलको गीतमा प्रिती आलेको आवाज रहेको छ । गीतको भिडियोलाई कृष्ण परियारले निर्देशन गरेका छन् । गीतमा कोरियोग्राफी बाबु जिम्बाको छ ।