सुशान्तकी प्रेमिका रियाको बयान– ‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’



१७ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको छानबिन भैरहेको छ । केहीदिन अघि सुशान्तका पिताले पटनामा रियाविरुद्ध एफआइआर दर्ता गराएका थिए । उनले रियासँग भेटेपछि नै आफ्नो छोरा मानसिक तनावमा गएको र उनकै कारण सुसाइड गरेको बताएका थिए ।

सर्वोच्च अदालतमा रियाले योे सबै कुरा झुटो भएको बयान दिएकी छिन् । उनले सुशान्तको परिवारले आफूलाई फसाउन खोजेको समेत बताइन् । रियाले आफू सुशान्तसँग १ बर्षदेखि लिभिङ टुगेदरमा रहेको तर उनी डिप्रेशनमा गएकै कारण जुन ८ तारिखमा आफूले सुशान्तको अपार्टमेन्ट छोडेको बताइन् ।

साथै रियाले सुशान्तको मृत्युमा आफ्नो कुनैपनि हात नरहेको अदालतमा बताइन् । तर उनको कुराको खण्डन सुशान्तकी पूर्व प्रेमिका अकिंता लोखेन्डेले बताएकी छिन् । अकिंताले सुशान्तको अभिनय बाहेक अन्य काम गर्ने पनि सपना रहेको र उनी डिप्रेशनमा नभएको बयान दिएकी छिन् । यसबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्