१७ साउन २०७७, काठमाडौँ
सुशान्तका पिताले पटनामा रियाका कारण नै सुशान्तले आत्महत्या गरेको भन्दै उनी विरुद्ध उजुरी दिएका थिए । तर सुशान्तका पिताका वकिल विकास सिंहले भने मुम्बई पुलिसले यस केशमा रियाको सहयोग गरेको आरोप लगाएका छन् ।
उनले एक समाचार एजेन्सीसँग कुरा गर्दै भने – उन (रिया) ले सुप्रीम कोर्टमा याचिका दिइन् । जबकि, सीबीआई जाँचका लागि याचिका दायर गर्नुपर्ने थियो ।
एफआईआर पटनामा दर्ता भएको तर रियाले मुम्बई प्रहरीलाई अनुसन्धान गर्न याचिका दर्ता गराएकोप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन् – प्रहरीले मद्दत गरेको यो भन्दा ठूलो सबूत अरु के हुन्छ ?
सुशान्तका पिताको वकिलको भनाइ अनुसार सुशान्तका पिताले सुशान्तले आत्महत्या गर्नुभन्दा ४ महिना अघि उनै उनी केही गलत व्यक्तिहरुसँग छन्, जसले उनलाई घाटा हुनसक्छ भनेका थिए । साथै वकिल मुम्बई प्रहरीले एफआइआर दर्ता गर्न समेत नमानेको बताएका छन् ।