भारतमा १७ लाख ५१ हजारभन्दा बढीमा फैलियो संक्रमण, दैनिक संक्रमणदर निकै उच्च, मृत्यु कति ? अपडेट



१८ साउन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ५२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३७ हजार ४ सय ३ नाघेको छ ।

भारतमा एकैदिन ५४ हजार ८ सय ६५ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ लाख ५१ हजार ९ सय १९ पुगेको छ । भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्